News Portal

  • ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

    १०६ पटक

    मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    हेटौंडा बजारबाट बारातर्फ जाँदै गरेको ना ३८ प ६४० नं.को मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७३१७ नं.को ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा हेटौंडा-१५ रातोमाटेका ३५ वर्षिय औतार स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका-२२ का ३ नं.पुल बस्ने ३२ वर्षिय मनिष लामा रहेका छन् ।

    उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्