News Portal

  • मुख्यमन्त्री कार्यालयमा ताला लगाउने ४३ जना शिक्षक पक्राउ

    २२१ पटक

    जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४३ पूर्वअस्थायी शिक्षक पक्राउ परेका छन् ।

    अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ शिक्षक पक्राउ परेका हुन् । कर्मचारीलाईसमेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा १३ महिला अस्थायी शिक्षक पनि रहेका छन् । सेवाबाट हटाउने निर्णय फिर्ताको माग कार्यान्वयनका लागि संघीय सरकारसँग पहल नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए ।

    पक्राउ गरेपछि शिक्षकहरुले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका छन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बसेका छन् । सरकारले षड्यन्त्रपूर्वक शिक्षक सेवा आयोग दिन लगाएर अयोग्य बनाएको आरोप उनीहरुको छ ।

    विगतका सम्झौतालाई लत्याएर नयाँ विधेयक लागु गरेको पनि आन्दोलनरत शिक्षकहरू बताउ छन् । उनीहरु असार २० गतेदेखि साउन २० गतेसम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना बसेका थिए । उनीहरुले सोमबार एक घण्टा सडक अबरुद्ध पारेका थिए ।

    प्रतिकृया दिनुहोस्