News Portal

  • डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन गर्न ३ सदस्यीय समिति गठन

    २०४ पटक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्नका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।

    समिति गठनसँगै श्रेष्ठ कारबाहीमा परेका हुन् । मन्त्रिपरिषद बैठकले श्रेष्ठमाथि छानविन गर्न निर्देशन दिएपछि सोमबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको ३ सदस्यीय छानविन समिति गठन गरेको हो ।

    संचालक डा.श्रीराम पौडेलको संयोजकत्वमा संचालकद्वय रामजी रेग्मी र डा.सुवोधकुमार कर्ण सदस्य रहेका छन् । छानविन समितिलाई एक महिनाको कार्यअवधि दिइएको छ ।

    उनलाई आन्तरिक सूचना चुहाएको आरोप छ । उनले आफूलाई गभर्नर पदबाट रोक्नका लागि यस्तो आरोप लगाइएको गुनासो गरेका छन् ।

    प्रतिकृया दिनुहोस्