News Portal

  • मोरङको बूढीगंगामा दुर्घटना हुँदा डाक्टर र नर्सकोे मृत्यु

    २५० पटक

    विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-१ मा सोमबार बिहान भएको दुर्घटनामा परेर डाक्टर र नर्सको मृत्यु भएको छ ।

    दुर्घटनामा बुढीगंगा गाउँपालीका -५ घर भएका ५२ वर्षिय नेत्र रोग विशेषज्ञ डा. शुभलाल माझी र न्युरो अस्पताल विराटनगरमा कार्यरत स्टाफ नर्स २६ वर्षिय अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार मृत्यु भएका शुभलाल र अञ्जलीकुमारी बाबु छोरी हुन् । विराटनगरबाट दुहवीतर्फ जाँदै गरेको को १ ख ७२३२ नं.को बसले दुहवीबाट विराटनगरतर्फ आँउदै गरेको को २७ प १०२२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

    डा. शुभलालले चलाएको मोटरसाइकलमा पछाडि छोरी अञ्जली रहेकी थिइन् । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

    बस र चालक सिरहाको धनगढी नगरपालिका-१२ का ३४ वर्षिय सन्दीप खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्