News Portal

  • हाइड्रोपावरको सुरुङभित्र ४ जना मजदुर फसे, उद्धारका लागि हेलिकोप्टर पुग्यो

    १६५ पटक

    बझाङ । बुङल नगरपालिकास्थित अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा ४ जना मजदुर भित्र फसेका छन् ।

    आइतबार साँझ उक्त घटना भएपनि आजसम्म ती मजदुरहरूको उद्धार हुन सकेको छैन । प्रहरीका अनुसार सुरुङभित्र दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद फसेका हुन् ।

    उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिए पनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको प्रहरीको भनाइ छ ।

    काठमाडौंबाट हेलिकोप्टरमा उद्धार टोली बझाङ पुगेको छ । घटनास्थल सदरमुकामबाट गाडीमा जाँदा ४ घण्टाभन्दा बढी लाग्छ । उक्त सुरुङ कम्तिमा पनि ४ किलोमिटर रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्