News Portal

रकम अपचलन गरेको अभियोगमा ४ जना जेल चलान

१६५ पटक

नेपालगञ्ज । ४३ करोड रकम अपचलन गरेको अभियोगमा ४ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।

नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो ।

अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको छ । बज्राचार्य २० लाख नगद धरौटी बुझाएर रिहा हुनुभएको छ भने चौधरीले धरौटीमा जायजेथा राखीपाउँ भनेर निवेदन दिएपनि जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले थुनामै बस्नुपर्ने छ ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको छ । ४ जना कर्मचारी र २ जना लेखा समिति सदस्य गरी ६ जना मात्र पक्राउ परेका थिए ।

३५ जना अभियुक्त फरार रहेका छन् । प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी ५२ करोडबाट ४३ करोड अपचलन भएको दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस्