News Portal

  • सवारी दुर्घटनामा २ को मृत्यु, १ जना घाइते

    २०२ पटक

    नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ अरुणखोला र दुम्किबासबीच जंगलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नं.को बलेरो जिप गए राती १२ बजे आफै अनियन्त्रित भई सडकबाट दायाँ साइडमा रहेको रुखमा ठक्कर खाएको थियो ।

    दुर्घटनामा परी बलेरोमा सवार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ का ३० वर्षिय ढाकाराम पंगेनीको मृत्यु भएको छ । गम्भीर घाइते पंगेनीको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा परी बलेरो चालक पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ८ का ३२ वर्षिय सन्तोष डमरकोटी गम्भीर घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

    गैंडाकोटमा भएको अर्को सवारी दुर्घटनामा गैंडाकोट नगरपालिका १० का पुर्ण परियारको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार साँझ गैंडाकोटको शिव आयल अगाडि मोटरसाईकलले ठक्कर दिदाँ परियारको उपचारका क्रममा आज भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस्