News Portal

  • कस्तुरीको विणासहित २ जना पक्राउ

    २४० पटक

    जुम्ला । कस्तुरीको विणासहित दुई जना पक्राउ परेका छन् ।

    जुम्लाको पातारासी गाउँपालिकाको लाम्रीबाट दुई जनालाई शनिबार साँढे ४ बजे पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

    प्रहरीले कस्तुरीको विणासहित विशेष सूचनाको आधारमा जुम्ला पातारासी गाउँपालिका ४ का जोगबहादुर बुढा र भक्तबहादुर बुढालाई पक्राउ गरेको हो ।

    प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई पातारासीबाट सदरमुकाम जिप्रकामा अनुसन्धान भइरहेको छ ।

    आवश्यक प्रमाणसहित जिल्ला वन कार्यालयमा अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ । तर आफन्तले फसाईएको प्रतिक्रिया दिएका छन् ।

    वैशाखको अन्तिममा यार्सा टिप्न गएको समयमा वनमै हिउँ पहिरोले कस्तुरी मरेको भेटाएको र अन्जानमा जानकारी नपाई कस्तुरीको विणा घरमै राखेको बेला पक्राउ परेको आफन्तहरुको दाबी छ । उनीहरुलाई वन्यजन्तु संरक्षण ऐन २०३९ अनुसार कारबाही अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्