News Portal

  • अपडेट…बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

    १७५ पटक

    काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

    काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट सय मिटर तल सुनकोशी नदीमा खसेको थियो । १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा उद्वारमा जुटिरहेको प्रहरीले जनाएको छ । बस नदीमा खसेकाले केही शव बगाएको हुन सक्ने स्थानीयले बताएका छन् ।

    ‘सुनकोशीमा डुबेको बस बाहिर निकालिएको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भने,‘दुर्घटना अत्यन्तै गम्भीर भएकाले मानवीय क्षति बढ्न सक्ने सम्भावना छ ।’

    प्रतिकृया दिनुहोस्