News Portal

  • डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त

    २९९ पटक

    काठमाडौं । सरकारले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    यसअघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले भने डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न सिफारिश गरेको थियो ।

    प्रतिकृया दिनुहोस्