News Portal

  • ज्यान मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ

    २२३ पटक

    सल्यान । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् ।

    जिल्लाको साविक काभ्रे गाविस ३ आरुचौरका ३६ वर्षिय बमबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा फरार प्रतिवादी डिलबहादुर पुन पक्राउ परेका हुन् ।

    २०६३ सालमा पुन लगायतका ७ जनाले विकको घरमा आई डर त्रास, धाक, धम्की देखाई कुटपिट गरी हत्या गरी फरार थिए ।
    उनलाई त्रिवेणी गाउँपालिका १ काभ्रेस्थित लुहाम काभ्रा सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    उनलाई इलाका प्रहरी कार्यालय लुहामको हिसारतमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटनामा संलग्न अन्य ६ जना अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्