News Portal

न्यायाधीशहरुमाथि १०९ वटा उजुरी

१५६ पटक

काठमाडौं । मुलुकको विभिन्न मुद्दामा न्यायाधीविरुद्ध १०९ उजुरी परेको छ ।

मुद्दा फैसलाप्रति असन्तुष्टि जनाउँदै न्यायधीशविरुद्ध नै उजुरी पर्न थालेको हो । अन्याय हुन नदिन उजुरीबारे सुनुवाई गरेर न्यायपूर्ण फैसला गर्ने न्यायाधीशमाथि नै उजुरी पर्न थालेको छ ।

८ वर्ष पहिले बैतडीमा भएको बलात्कारमा जिल्ला अदालतले १३ वर्ष जेल सजाय तोकेका अभियुक्तलाई तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले पूर्ण रुपमा निर्दोष ठहर गर्यो, फेरि सर्वोच्चले अभियुक्तहरुलाई दोषी ठहर गरेको छ ।

एउटा अदालतबाट सजाय तोकिएका व्यक्ति फेरि अर्को अदालतबाट पूर्ण रुपमा निर्दोष हुनु आश्चर्य हो । यस्तै प्रवृतिले पछिल्लो समय न्यायालयप्रतिको विश्वस्नीयता गुम्दै गएको छ ।

प्रतिकृया दिनुहोस्