News Portal

  • कार्तिक १३ गते सार्वजनिक विदा

    १९६ पटक

    काठमाडौं । कात्र्तिक १३ गते नेवार समुदायको किजा पूजा (भाई टीका) पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिने भएको छ ।

    कात्तिक ५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार ‘किजा पूजाको लागि विदा दिने’ निर्णय गरिएको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

    गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल भर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक विदा दिएको छ ।

    काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका तिथि अनुसार कात्तिक १३ गते पर्ने भएकाले विदा माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र दिएका थिए ।

    प्रतिकृया दिनुहोस्