News Portal

  • नेकपाले देशभर प्रधानमन्त्री ओलीको पुत्‍ला जलायो 

    ५३९ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । दाङ घटनाको विरोधमा विप्लव नेकपाले देशभर विहीबार देशभर पुत्‍ला जलाएको हो ।

    असोज ३० गते प्रहरीले राप्ती ब्यूरो बैठकमा छापा हानेर मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरजंग’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो सदस्य सुवाससहित २१ नेता-कार्यकर्ताको गिराफ्तारी गरेको थियो । सोही घटनाको विरोधमा नेकपाले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    केन्द्रीय कार्यक्रमअनुसार विहीबार नेकपाका कार्यकर्ताहरुले देशभर प्रधानमन्त्री ओलीको पुत्‍ला जलाएका छन् । कात्तिक ३ गतेबाट सुरु भएका विरोधका कार्यक्रमअनुसार उपत्यकासहित देशभर प्रधानमन्त्रीको पुत्ला जलाएको बताइएको छ । विरोधका कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहनेछन्

    नेकपाका महासचिव विप्लवले शान्तिपूर्ण बैठकलाई प्रहरीले घेरा हालेर नेता-कार्यकर्तालाई गिरफ्तार गरिएको भन्दै निन्दा गरेका थिए । उनले धरपकड र गिरफ्तारीले वैज्ञानिक समाजवादको यात्रा नरोकिने दाबी गर्दै रोक्न खोज्ने खरानी हुने चेतावनी दिएका थिए ।

    केन्द्रीय कार्यक्रमअनुसार कार्तिक ३ गते जुलुस र प्रदर्शन, ५ गते कोणसभा र पिंढीसभा, ७ गते ओलीको पुत्ला दहन, ९ गते विरोध प्रदर्शन, १५ गते मसाल जुलुस र १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम रहेका छन् ।

    प्रतिकृया दिनुहोस्