News Portal

विङगरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

४०७ पटक

कैलाली । गौरीगंगा नगरपालिका ८ मा विङगरले अटोलाई ठक्कर दिंदा अटोमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगंगा ८ कि २५ वर्षिय निर्मला बुढामगर रहेकी छिन् । बिहीबार बिहान बिहान ८ः५० बजे पुर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरमा पूर्वबाट पश्चिम तर्फ आइरहेको से १ ज १९३१ नम्बरको विङगरले सोही दिसा तर्फ गइरहेको से १ ख २१५६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बुढामगरलाई उपचारका लागी कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ठक्कर दिने विङगर र चालक धनगढी-१३ का २७ वर्षिय गोपाल रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो चालकलाई सामान्य चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्