News Portal

  • ढिस्कोले पुरिएर १ को मृत्यु, २ जना गम्भीर घाइते

    ३०० पटक

    रोल्पा । घरमा लगाउने कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका-५, काभ्रेकी १८ वर्षिय पवित्रा सेन रहेकी छिन् । बिहीबार दिउँसो रोल्पा नगरपालिका-३, कमिरे धारा भन्ने स्थानमा उनको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    खाल्डोमा पसेका सोही गाउँका १७ वर्षिय स्यानी घर्ती र २२ वर्षिय कर्मा रोका गम्भीर घाइते भएका छन् । घटना भएको थाहा पाएलगत्तै स्थानीयहरुले उनीहरुको उद्धार गरेका थिए । घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।

    प्रतिकृया दिनुहोस्