News Portal

  • विधिको शासनमा जो-कोहीले उन्मुक्ति नपाउने : मन्त्री बासकोटा

    ३५८ पटक

    काठमाडौं । सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बासकोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरण अक्षम्य हुने बताएका छन् ।

    लायन्स हार्ट क्लिनिक सन्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताए । ‘मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न । कुनै कसरत बाँकी नराखी कानुनी कठघरामा उभ्याइन्छ । सजाय दिलाइन्छ’-भने ।

    उनले विधिको शासनमा जो-कोहीले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टीकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले भने-‘सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ । सबै मिलेर अपराधीकरण र भ्रष्टीकरण न्यूनीकरण गर्दै जाने हो ।’

    सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको उनको भनाइ थियो । उनले चुनावको वाचाअनुसार जनप्रतिनिधि अगाडि बढिरहेको बताए । ‘कही-कतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नोस्’-उनले थपे-‘तपाइँहरु साथ दिनोस, जनप्रतिनिधि के-के काम गर्दैछन्, अनुगमन गर्न पनि आग्रह गर्छु ।’

    उनले चुनाव जित्नु मात्रै ठूलो विषय नभएको उल्लेख गर्दै ‘चुनावदेखि चुनावसम्मको राजनीति’ राजनीति नभएको तर्क गरे । उनले सकारात्मक परिवर्तनका लागि जनताको साथको आवश्यकता औंल्याए । प्रकृतिको बचाउसँगै विकास र प्रकृतिसँग अन्तरघुलन हुन आग्रह पनि गरे ।

    प्रतिकृया दिनुहोस्