News Portal

  • श्रीमतीको शव बोकेको एम्बुलेन्स दुर्घटना, श्रीमानको मृत्यु

    २६१ पटक

    सिरहा । श्रीमतीको शव लिएर फर्किदै गरेका श्रीमानको एम्बुलेन्स दुर्घटनामा परी मृत्यु भएको छ ।

    कर्जनाह नगरपालिका ७ की ६० वर्षिय गंगादेवीलाई उपचारको लागि एम्बुलेस मार्फत उनका श्रीमान सोभित साहले काठमाडौंको गंगालाल अस्पताल पुर्याएका थिए । गंगादेवीलाई अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको अस्पतालले जनाएपछि सोभितले सोही एम्बुलेन्समा शव घर फर्काउदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोभितसहित ६ जना चढेको एम्बुलेन्स मंगलबार बिहान विपी राजमार्गको नमोबुद्ध नगरपालिका ५ लासकोटमा दुर्घटना भएको हो । दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन् ।

    घाइतेमध्ये साहलाई थप उपचारको लागि अन्नपूर्ण न्योरो अस्पताल काठमाडौं लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अन्य घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक देवराज श्रेष्ठलाई भने उपचारपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसन्धानको लागि राखिएको छ ।

    प्रतिकृया दिनुहोस्