
कञ्चनपुर । लालझाडी गाउँपालिका १ नौरङगामा उखुबारीमा आगलागी हुँदा झन्डै साढे ५ बिघामा लगाएको उखु जलेर नष्ट भएको छ ।
मंगलबार दिउँसो स्थानीय मन्त्री राना, घुम्मन राना, फुलचन राना, राधेश्याम राना, खुसी राना र श्रिदार राना लगाएतले लगाएको उखुमा आगलागी हुँदा साढे ५ बिघामा लगाएको उखु जलेर नष्ट भएको हो ।
भलमन्सा रामचन्द्र रानाका अनुसार दिउँसो करिब साढे १२ बजे लागेको आगो स्थानीय, प्रहरी र गाउँपालिकाको दमकलको सहयोगमा ४ घण्टा पछि नियन्त्रणमा आएको थियो ।
इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले यस बारेमा अनुसन्धान भइरहेको बताए । आगलागी कसरी र क्षती कति भयो भन्ने बारेमा छानबिन भइरहेको प्रहरीको भनाइ छ ।
