News Portal

  • जापानबाट राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    २५३ पटक

    काठमाडौं । आज विहान राष्ट्रपति विद्यादेवी भण्डारी टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छिन् ।

    जापानको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई उनी स्वदेश फिर्ता भएकी हुन् ।

    उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका छन् ।

    राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्