News Portal

  • एक व्यावसायीको गोली हानी हत्या

    १८८ पटक

    जनकपुर । एक जना व्यावसायीको गोली हानी हत्या भएको छ ।

    हत्या हुनेमा जनकपुर वडा नं.२ वकिल टोलका मनोज साह हुन् । उनी शिव आयलका सञ्चालकसमेत हुन् ।

    उनलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले जनकपुर १४ मुझेरीयाका पंकज चौधरीलाई पक्राउ गरेको छ । उनी स्थानीय ठेकेदार हुन् ।

    साहले डिजलको पैसा लिन चौधरीको घर गएको बेला विवाद हुँदा उनीमाथि गोली प्रहार भएको आरोप साह परिवारको छ । शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्