News Portal

मैत्रीपूर्ण खेल खेल्न फुटबल टोली कतार जाँदै

२९६ पटक

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न २३ वर्षमुनिका नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने छ । कतारस्थित दोहा रंगशालामा हुने उक्त खेल यही कात्तिक ८ गते हुनेछ ।

नेपाली टोली मंगलबार बेलुका ९ः४० बजे दोहा प्रस्थान गर्नेछ । उक्त मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संग (एन्फा)का कार्यबाहक अध्यक्ष पंकज नेम्बाङलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् ।

त्यसैगरी, दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, र सुमन अर्याल रहेका छन् ।

प्रतिकृया दिनुहोस्