News Portal

सेनामा भर्ती गराइदिने प्रलोभन देखाई रकम असुल्ने राई पक्राउ

२४६ पटक

काठमाडौं । नेपाली सेनामा भर्ती गराइदिने भन्दै रकम असुल्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ का राजु भन्ने राजकुमार राई रहेको प्रहरीले जनाएको छ । उनले सैन्य पदका उम्मेदवारसँग रकम असुलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

उनले बराहदल गुल्म खाँदबारी ब्यारेक संखुवासभामा आवेदन फारम भरेका दर्ता नं. ७२६८ का सैन्य पदका उम्मेदवारसँग सेनामा भर्ती गराइदिने आश्वसन दिएर रकम अशुलेका प्रहरीले जनाएको छ ।

उनले सैन्य उम्मेदवारको आमासँग १ लाख २० हजार रुपैयाँ मागेको बताइएको छ । सैन्य उम्मेदवारसँग ८० हजार रुपैयाँ दिने समझदारी भएपछि आमाले अग्रीम ५० हजार रकम बुझाएकी थिइन् ।

उनले सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको सूचना पाएपछि संखुवासभा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ५८ हजार रुपैयाँसहित पक्राउ गरिएको छ । प्रलोभन देखाई ठगी गर्ने राईलाई जिल्ला अदालत चैनपुरबाट म्याद थप गरी अनुसन्धानको भइरहेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासत रहेका छन् ।

प्रतिकृया दिनुहोस्