News Portal

  • जापानका सम्राट नारुहितोले सम्हाले राजगद्दी

    २१८ पटक

    काठमाडौं । जापानका सम्राट नारुहितोले भव्य समारोहबीच राजगद्दी आरोहण गरेका छन् ।

    गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बनेका थिए । टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि ५९ वर्षिय नारुहिताले औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन् ।

    परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे ६ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसे । त्यसपछि लिखित मन्तव्य वाचन गर्दै उनले राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा उत्तरदायित्व वहन गर्न संविधानअनुसार काम गर्ने शपथ लिन्छु भने ।

    पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए । समारोहमा जापानको राजकीय शक्तिको संकेतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो । जापानमा हालै आएको शक्तिशाली समुद्री आंधीका कारण ठूलो धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न शोभायात्रा भने स्थगित गरिएको छ ।

    प्रधानमन्त्री शिन्जो आबेले सम्राट नारुहितोलाई बधाई ज्ञापन गरेपछि उनको नेतृत्वमा उपस्थित मानिसहरूले ‘सम्राट चिरायु रहन्’ भन्दै नारा लगाएका थिए । संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका आलङकारिक छ ।

    प्रतिकृया दिनुहोस्