News Portal

  • ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापा पक्राउ

    ७७२ पटक

    काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

    अपराध महाशाखाको टोलीले मंगलबार उनलाई पक्राउ गरेको पुष्टि गरेको छ । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

    उनीसँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ ।
    तिहार लक्षित गरी उनले गाएको ‘तिहार गीत’ लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई बोलाएको थियो ।

    उक्त गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै उनको आलोचनासमेत भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्