News Portal

  • महङ्गी नियन्त्रण नभए कडा आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

    ४१२ पटक

    काठमाडौं । एमबीबीएस र बीडिएसमा बृद्धि गरेको शुल्क खारेज गर्न ९ विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगसँग माग गरेका छन् ।

    आइतबार माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय गौशालामा बसेको विद्यार्थी संगठनहरूको बैठकले बढाइएको शुल्क तत्काल खारेज गर्न माग गरेका हुन् ।

    उनीहरुले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नसमेत माग गरे । ‘अहिले सरकारले मेडिकल कलेजहरूमा बढाएको शुल्क तत्काल खारेज गरेर व्यवस्थित गरियोस् अन्यथा कडा संघर्षमा जाने चेतावनी दिन चाहन्छौं,’ अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले भने ।

    साथै चाडपर्वमा भइरहेको मुल्य नियन्त्रण गर्न सरकार समक्ष जोडदार माग गर्दछौं, यदि नगरिएमा कडा संघर्षमा जाने चेतावनी दिन चाहन्छौ, उनले भने ।

    नेपाली मौलिक कला, संस्कृति सभ्यता र भाषामाथि विद्यालय तहदेखि नै नियोजित ढंगबाट अतिक्रमण भइरहेको भन्दै उनीहरुले त्यसको गम्भीर ध्यानाकर्षण गराए ।

     

    प्रतिकृया दिनुहोस्