News Portal

  • नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्तरीय बस सेवा शुरु

    २२१ पटक

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रा.लिले लेकसाइड र काठमाडौंको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बस मार्फत सेवा सञ्चालनमा ल्याएको हो ।

    पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको हो । दिवा तथा रात्रि सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक २०० को हाराहारीमा बस सञ्चालन भए पनि पर्यटकीय क्षेत्र लेकसाइडबाटै पहिलो पटक सेवा शुरु गरिएको प्रा.लिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

    सेवा सञ्चालनबाट पोखरा घुम्न जाने पर्यटकले प्रत्यक्ष लाभ लिने भएकाले पर्यटन प्रवद्र्धन तथा आन्तरिक भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने उनको भनाइ छ । सेवा शुरु भएपछि पर्यटक लेकसाइडसम्म सिधैँ आउन सक्ने भएकाले पनि उनीहरुलाई सहज हुने छ ।

    “भ्रमण वर्ष सफल बनाउन यातायात क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ, त्यसका लागि हामीले यस क्षेत्रको सुधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौँ”, केसीले भने । प्रा.लिले केही समयमा नै अनलाइन टिकट बुकिङ सेवासमेत सञ्चालन गर्ने जनाएको छ ।

    पोखरादेखि काठमाडौँसम्मको भाडादर प्रतिव्यक्ति ७०० तोकिएको छ । प्रा.लिका १ हजार २०० सवारी साधनले पोखराबाट देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रहरुमा दिवा तथा रात्रि सेवामा यातायात सेवा प्रदान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्