News Portal

  • सांसद गुरुङ अदालतमा उपस्थित, आजै बयान

    २५१ पटक

    दोलखा । निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

    नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङ गत भदौमा काठमाडौं जिल्ला अदालतले काटेको पक्राउ पुर्जी काटेपछि उपस्थित भएका हुन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एक जनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो ।

    उनीमाथि लागेको अभियोगबारे अदालतमा आजै बयान हुने भएको छ । अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो ।

    तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतको सात नम्बर इजलासमा आजै बयान हुने भएको छ । दोलखाकै विश्वध्वज खड्काले जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो ।

    यो घटनामा आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । २०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद उनीसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

    सांसद गुरुङले पनि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रमा रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्