News Portal

  • कल्पनाको विभत्स हत्या, नवीना घाइते

    १४७ पटक

    भोजपुर । षडानन्द नगरपालिका वडा नं ३ बस्ने २८ वर्षिय कल्पना राईको विभत्स हत्या भएको छ ।

    शनिबार साँझ षडानन्द नगरपालिका-१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी राईको उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षिय नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो ।

    मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।

    घटनामा संग्लग्न भएको आशङ्कामा प्रहरीले षडानन्द नगरपालिका-३ का २१ वर्षिय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्