News Portal

  • राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान जाँदै

    २१७ पटक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापानको ३ दिने औपचारिक भ्रमणमा जाने भएकी छिन् ।

    हाल म्यानमारमा रहेकी उनी उतैबाट जापान जान लागेकी हुन् । जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ । भ्रमणका क्रममा भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ ।

    सोही अवसरमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने छिन् । राष्ट्रपति भण्डारीसँग भ्रमणमा गृहमन्त्री रामबहादुर थापासमेत सहभागी हुने मन्त्रालयले जनाएको छ । भण्डारी कात्तिक ६ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस्