News Portal

  • डोटीमा बस दुर्घटना, ११ जना घाइते, ६ जनाको अवस्था गम्भीर

    ३८३ पटक

    डोटी । शनिबार एक यात्रुवहाक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

    अरु घाइतेलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप देउवाले बताए । घाइतेहरुलाई उपचारका लागि कैलालीको अत्तरियास्थित पदमा अस्पताल लगिएको छ ।

    ना ४ ख ८२३५ नम्बरको बस डोटीको जोरायल गाउँपालिका-२, गरुडमा दुर्घटना भएको हो । डडेल्धुराबाट बस कन्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो ।

    बस सडकबाट करिब १० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । प्रहरीले अनुसन्धान भइरहेकोे जनाएको छ ।

    प्रतिकृया दिनुहोस्