News Portal

  • राष्ट्रपति भण्डारी जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिने

    २४५ पटक

    काठमाडौं । जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छिन् ।

    जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्र्तिक ३ गतेदेखि ५ गतेसम्म राष्ट्रपति भण्डारी जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् ।

    परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्ने उल्लेख छ ।

    राष्ट्रपति भण्डारी कात्र्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिने छिन् । उक्त समारोहपछि उनी सम्राट नारुहितोले आयोजना गर्ने राजकीय भोजमा सरिक हुने छिन् ।

    भ्रमण अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने छिन् ।

    यसैगरी उनले जापानस्थित गैरआवासीय नेपाली संघले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहने छन् । राष्ट्रपति भण्डारी कात्र्तिक ६ गते बुधबार स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

    प्रतिकृया दिनुहोस्