News Portal

  • अबको समृद्धि सुदूरपश्‍चिमबाटः प्रचण्ड

    ३२० पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताएका छन् ।

    आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुदूरपश्चिम प्रदेश विगतमा पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्ने बताए ।

    उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र समृद्धितिर गइसकेकाले सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ भन्ने धारणा व्यक्त गरे ।

    उनले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको पनि स्पष्ट पारे । उनले मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्