News Portal

  • वुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद साह साधारण तारेखमा रिहा

    २१२ पटक

    काठमाडौं । जनकपुर विमान स्थलमा रहेको वुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोद कुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

    जिल्ला अदालत धनुषाको इजलास नं.३ का न्यायाधीश तेजप्रसाद पौडेलले सांसद साहलाई तारेखमा रिहा गर्न आदेश दिएका हुन् । जिल्ला अदालतमा थुनछेक बहस भए लगतै उनलाई शुक्रबार साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

    गत सोमबार जनकपुर विमान स्थलमा बुद्ध एयरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरी जनकपुरधाम ल्याएको थियो ।

    जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । नागरिक उड्यन प्राधिकरणले सांसद साहमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    यसभन्दा पहिले जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रवार थुनछेक बहस भएको थियो ।

    जनकपुरधामबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५ को दफा ९ क को आधारमा अपराध गरेको कारणले उनीमाथि ५ वर्षदेखि १० वर्षसम्मको कैद सजायको माग दाबीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता थियो ।

    प्रतिकृया दिनुहोस्