News Portal

  • छुट्टछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

    १२५ पटक

    महोत्तरी । बिहीबार राति र शुक्रबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    बिहीबार राति ज ४ प २३९० को पल्सर मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको छ ।

    गौशाला नजिक भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गौशालाका ३० वर्षिय दिलिप महतो र बर्दिवासका पलजित महतोलाई उपचारका लागि बर्दिवासस्थित स्वस्तिक अस्पताल लगिएकोमा उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनास्थलमा एक पाडोसमेत घाइते भेटिएकाले मोटरसाइकल दुर्घटनाको कारण अहिले नै भन्न नसकिने प्रहरीको भनाइ छ ।

    त्यस्तै ज १ क ४६६ नम्बरको टिपरले किच्दा सम्सी गाउँपालिका-२ का १० वर्षिय बालक शेष वकासको ज्यान गएको छ । स्थानीयले टिपर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

    सम्सी-गौशाला-माईस्थान हुँदै राजमार्गमा जोडिएको हुलाकी सडकमा विगतका समयमा समेत दर्जनौँ सवारी दुर्घटना भइसकेको छ भने टिपरको ठक्करका कारण केही बालकको ज्यान गइसकेको छ ।

    प्रतिकृया दिनुहोस्