News Portal

  • ३ लाख ५० हजार नगदसहित १४ जना जुवाडे पक्राउ

    १५६ पटक

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका-२ को वगरगदवा गाउँमा सञ्चालित जुवा खालमा प्रहरीले बिहीबार राति छापा मारी १४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    जुवा खालबाट प्रहरीले ३ लाख ५० हजार नगद बरामद गरेको हो । प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा वरगदवा गाउँका स्थानीय कानु कहारको घरमा सञ्चालित जुवा खालमा छापा मारेको थियो ।

    लाखौँ रुपैयाँ हार जित हुने ढंगबाट संस्थागत जुवा संचालन भइरहेको खबर प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबै जनाविरुद्ध प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्