News Portal

  • सुनको मूल्य स्थिर, चाँदी बढ्यो

    ३१३ पटक

    काठमाडौं । शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

    बुधबार, बिहीबार तोलामा छापावाल सुन ७० हजार ६०० रुपैयाँ कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    त्यसैगरी तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने तोलमा ५ रुपैयाँले बढेको छ । बिहीबार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्