News Portal

  • घुस लिँदै गर्दा असइ रङ्गेहातअख्तियारको फन्दामा

    २३८ पटक

    महोत्तरी । कठुधार प्रहरी चौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

    उनले भारतीय बजारबाट तस्करी गरिएको सामान सिमा क्षेत्रबाट पास गराइदिने भन्दै एक व्यापारीसँग १३ हजार घुस लिइरहेका थिए । सोही बेला उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि अख्तियारको कार्यालय बर्दिबास लगिएको छ ।

    प्रतिकृया दिनुहोस्