News Portal

गुन्सामा एक युवकको विभत्स हत्या

१६९ पटक

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या भएको छ ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीले जानकारी दिएको छ ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षिय मिलन स्याङ्बो र २४ वर्षिय बमबहादुर स्याङबो फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्