News Portal

कुमार पन्त एनआरएनएको अध्यक्ष विजयी

२८२ पटक

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

निर्वाचनमा पन्त अध्यक्षमा निर्वाचित भएका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ । निर्वाचन समितिले सम्पूर्ण मत परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

पन्तका प्रतिस्पर्धी कुल आचार्य झिनो मतले पछि परेका छन् । हिजो भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो ।

३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि विभिन्न विवादका कारण सम्मेलन लम्बिएको हो । सुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिए पनि पछि विवाद भएपछि मतपत्र नै प्रयोग गरिएको हो । निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा थिए ।

प्रतिकृया दिनुहोस्