आज :

टिकट काउन्टरबाट तोकिएको मूल्य भन्दा बढी भाडा असुलि

काठमाडौं । दशैँ मनाउन काठमाडौँबाट घर जाने यात्रु ठगीमा परेको पाइएको छ ।

उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ ।

काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रा गर्न बाध्य छन् । यात्रु घरमा पुग्न पाइने आशमा बढी भाडा तिर्ने गरेका छन् भने धेरै यात्रुले चाहना नहुँदानहुँदै बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन् ।

ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीको निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताए ।

उनले दशैँमा हुने यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको र आजसम्मका २३२ सवारीलाई कारवाही गरिएको उल्लेख गरे तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरेका छन् ।

ठगी रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । बसपार्क क्षेत्रमा पछिल्लो समयमा प्रगति भइरहेको र ठगिने क्रम रोकिएको दाबी प्रहरीको छ तर अन्य क्षेत्रमा अझै प्रहरीको आँखा छलेर पैसा असुल्ने क्रम जारी छ । प्रहरीले भिडियो रेकर्ड र बढी भाडा लिएको रसिदसहित पक्राउ गरेर कारवाही गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal