आज :

महिला विश्वकपमा फ्रान्स र इङल्यान्ड क्वाटरफाइनलमा बनाए स्थान

काठमाडौं । महिला विश्वकपमा आयोजक फ्रान्स र इङल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

आइतबार भएको खेलमा फ्रान्सले उपाधिको दाबेदार ब्राजिललाई २-१ र इङल्यान्डले क्यामरुनलाई ३-० ले हराए । ओसियान डि हाव्रेमा भएको दोश्रो खेलमा जित निकाल्न आयोजक फ्रान्सले अतिरिक्त समय कुर्नु परेको थियो ।

खेलको ५२ औ मिनेटमा भेलरी गौभिनले आयोजक टोलीलाई सुरुवाति अग्रता दिलाएकी थिइन् । ६२ औं मिनेटमा ब्राजिलकी थिसाले खेल बराबरीमा ल्याइन् । निर्धारित ९० मिनेटमा दुबै टिमबाट १-१ गोल भएपछि जित निकाल्न १०५ औ मिनेटमा कप्तान आमानडेनी हेनरीले निर्णायक गोल गरेकी थिईन् ।

पराजयसँगै ब्राजिलको उपासध हात पार्ने लक्ष्य अन्तिम १६ बाट समाप्त भएको छ । सेमीफाइनल प्रवेशका लागि फ्रान्सले स्पेन र अमेरिकाविचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी स्टेड डु हाइनेटमा भएको खेलको क्यामरुनविरुद्ध सुरुवातबाटै इङल्यान्डले दबाब सृजना गरेको थियो । खेलको चौथो मिनेटमा स्टेफेन हग्टनका गोलबाट इङल्यान्डले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा एलेन टोनी हवाइटले अग्रता दोव्बर बनाएकी थिईन् ।

५८ औ मिनेटमा एलेक्स ग्रिनहुडले गोल थपेपछि ३-० को जित निकाल्दै इङल्यान्ड अन्तिम आठमा प्रवेश गरेको थियो । इङल्यान्डले सेमिफाइनल प्रवेशका लागि नर्वेको सामना गर्नेछ । नर्वेले पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगिता अन्तरगत आज स्पेनले डिफेन्डिङ च्याम्पियन अमेरिका र क्यानडाले स्विडेनको सामना गर्दैछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal