आज :

बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेपछि २ युवकको घटनास्थलमै जलेर मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

गएराति महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको ना ७ ख ५९४८ नं.को बसले विपरित दिशातर्फ गईरहेको लु ८ प ८४७५ नं.को मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र त्यसमा सवार अन्दाजी २०-२५ वर्षका २ युवकको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको शव पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल राखिएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal