आज :

काठमाडौंबाट बझाङ जाँदै गरेको बस दुर्घटना, ३० यात्रु घाइते 

काठमाडौं । बझाङ जाँदै गरेको  बस दुर्घटना भएको छ । काठमाडौंबाट बझाङको लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियामा दुर्घटनामा परेको हो ।

रम्भापुर नजिक ना६ख १३३९ नम्बरको बस आइतबार बिहान ४ बजे सडकबाट करिब १५ मिटर तलसम्म पल्टिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । नेपाली सेना र प्रहरीसँगै स्थानीयले उद्दार गरेका थिए ।

बस शनिबार विहान ११ः ३० बजे काठमाडौंमा हिँडेको सुदूरपश्चिम यातायात जनाएको छ । चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

यसअघि पनि उक्त बसले नवलपरासीको गैँडाकोटमा रोकिराखेको लु१ख ७७६८ नम्बरको ट्रकमा ठक्कर  दिएको थियो । त्यस दुर्घटनामा २० जना यात्रु घाइते भएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal