आज :

नर्वे फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

काठमाण्डौं । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै नर्वे फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सको निसमा भएको प्रिक्वार्टरफाइनलमा नर्वेले अष्ट्रेलियालाई पेनाल्टीमा ४–१ ले हराउदै क्वार्टरफाइलनमा प्रवेश गरेको हो ।
निर्धारित समय र आधा घण्टाको अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । ३१औं मिनेटमा इसाबेल हर्लोभसेनले गोल गर्दै नर्वेलाई अग्रता दिलाएकी थिइन् ।
दोस्रो हाफमा इलिसे केलोन्ड नाइटले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन् । नियमित ९० मिनेटमा गोल हुन सकेन । त्यसपछि थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन सकेन । तर अष्ट्रेलियाकी डिफेन्डर एलाना क्यानेडी रातो कार्ड खान पुगिन् ।
पेनाल्टीमा नर्वेका क्यारोलिन ग्राहम, गुरो रिटेन, मारेन मेल्डे र इनग्रिड इन्गेनले गोल गरेका थिए । अष्ट्रेलियाका स्याम केरको प्रहार बाहिरिएको थियो भने इमिली गिल्निकको प्रहार नर्वेकी गोलकिपरले बचाएकी थिइन् । स्टेफेन क्याटलीको प्रहार भने गोलमा परिणत भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal