News Portal

  • दरौंदी नदीमा डुबेर एकको मृत्यु, दुई जना बेपत्ता

    २१० पटक

    काठमाडौं । गोरखाको दरौंदी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

    पालुङटार नगरपालिका-१ मसानेठाँटीकी सरिता गुरुङको नदीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    सोही ठाउँका ११ वर्षिय अश्विन विश्वकर्मा र राजन श्रेष्ठ बेपत्ता छन् । उनी पौडी खेल्न दरौंदी नदी पुगेका थिए । बेपत्ता बालकहरुको खोजीकार्य सुरु गरिएको छ । नदी धमिलो भएकोले बेपत्ता भएकाहरुको खोजीमा समस्या भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्