आज :

उपाधिको दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित

काठमाडौं । उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई कोलम्बियाले २-० ले हराएको हो । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा कोलम्बियाले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

रोजर मार्टिनेज र डुभान जापाटाले १-१ गोल गरेका छन् । जितसँगै कोलम्बिायले समूहमा अग्रता लिंदा अर्जेन्टिना दबाबमा छ । यो समूहमा कोलम्बिया र अर्जेन्टिनासँगै पराग्वे र कतार रहेका छन् । कोपा अमेरिकाकै अर्को खेलमा पेरु र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal