आज :

विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज आइतबार पाकिस्तान र भारतबीच खेल हुँदैछ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा पाकिस्तान र भारतबीचको खेल हुँदैछ । दुवै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिँदै जित हात पार्ने दाउमा छन् ।

विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुनेछ ।

जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्ने दाउँमा हुनेछ ।
यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो ।

पाकिस्तानको ब्याटिङ, बलिङ राम्रै भए पनि फिल्डिङ निकै फितलो रहेको छ । अष्ट्रेलियाविरुद्धको हारमा पनि फिल्डिङ मुख्य कारण बनेको थियो ।

आजको खेलमा भारतमाथि जित हात पार्नका लागि पाकिस्तानको ब्याटिङ बलिङको साथै फिल्डिङ पनि राम्रो हुनुपर्छ ।

यता, भारत भने निकै बलियो स्थितिमा देखिन्छ । भारतको तीनै पक्ष बलियो देखिएको छ । ब्याटिङ र बलिङ उत्कृष्ट छ । भारतीय ब्याट्सम्यान उच्च लयमा देखिन्छन् । बलिङतर्फ पनि जसप्रित बुमराह, भुवनेश्वर कुमार, युजभिन्द्र चाहाल, हार्दिक पाण्ड्या उच्च लयमा छन् ।

यता, पाकिस्तानको पनि मोहम्मद अमिर, वाहब रियाज, हसन अलीजस्ता बलर लयमा देखिन्छन् भने ब्याट्सम्यान चले भारतलाई खतरा हुन सक्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal