आज :

कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलको विजयी सुरुवात

काठमाण्डौ ।

कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार आज शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले पराजित गरेको हो। ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ब्राजिलले ५० औँ मिनेटमा पेनाल्टी पायो । फिलिप कोन्टिन्होले त्यसलाई सदुपयोग गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

त्यसको तीन मिनेटपछि उनले हेड मार्फत सुन्दर गोल गोल गरेर अग्रता दोब्बर पारे । एभर्टन सोएरिसले ८५ औँ मिनेटमा गोल गरेपछि ब्राजिल उद्घाटन खेलमा ३–० ले विजयी भयो ।

विश्वको पुरानो फुटबल प्रतिस्पर्धा कोपा अमेरिका ब्राजिलमा सुरु भएको हो । फुटबलको उर्वर भूमिका रुपमा रहेको दक्षिण अमेरिकी देशबिचको महादेशीय प्रतिस्पर्धा साओ पाओलोमा नेपाली समय अनुसार आज शनिबार बिहान आतिसबाजीसहित सुरु भएको हो ।

सन् १९१६ मा पहिलो पटक आयोजना भएको प्रतिस्पर्धाको यो ४६ औँ संस्करण हो । सुरुका वर्षमा वार्षिक रुपमा आयोजना भएको प्रतिस्पर्धा पछि आएर हरेक चार वर्षमा हुन थालेको थियो ।
सन् २०१५ मा ४४ औँ संस्करण भएको थियो । प्रतियोगिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा सन् २०१६ मा पनि प्रतिस्पर्धा भयो । दुवै पटक चिलेले अर्जेन्टिनालाई हराउँदै उपाधि जित्यो ।

यसपटकको प्रतिस्पर्धामा दुई टिम थपिएका छन् । एसियाबाट आमन्त्रित टिमका रुपमा र १२ देशबिच प्रतिस्पर्धा हुँदैछ ।

कोपा अमेरिकापछि नै दक्षिण अमेरिकी देशको विश्वकप छनौट यात्रा पनि सुरु हुनेछ । सन् २०२२ मा कतारमा हुने विश्वकपको औपचारिक यात्रा दक्षिण अमेरिकी देशका लागि यहि हो ।

आयोजक ब्राजिल चोटग्रस्त नेइमार बिना मैदानमा रहेकाले दबाबमा छ । यस्तै सन २००७ यता कोपा अमेरिकाको उपाधि जित्न नसकेको उसका लागि यसपटक घरेलु मैदानमा भएको प्रतिस्पर्धामा दबाब बढी छ । तर पनि उसले उद्घाटन खेलमा शानदार जित निकाल्दै उत्साहपूर्ण सुरुवात गरेको छ ।

यस्तै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि यसअघिका दुई प्रतिस्पर्धामा अन्तिममा आएर बेहोरेको नमिठो अनुभवलाई उल्ट्याउने जिम्मेवारी, अवसर र चुनौती छ । यो पटकको प्रतिस्पर्धा मेस्सीका लागि खेलाडीका रुपमा कोपा अमेरिकाको अन्तिम सहभागिता बन्ने अपेक्षा गरिएको छ । उनलाई राष्ट्रिय टिमबाट उपाधिको खडेरी मेट्नु पर्ने दबाबयुक्त चुनौती छ ।

लगातार दुईपटक उपाधि जितेको चिले उपाधि रक्षाको प्रयासमा हुनेछ भने कोलम्बिया हामेश रोड्रिग्वेजको साथमा पुनः चम्किने लक्ष्यमा छ ।

कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् ।

समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal