News Portal

  • युरोपा लिग फुटबलमा एभर्टनको छनोट हुने सम्भावना जीवित

    २१ बैशाख
    ३६७ पटक

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा एभर्टन विजयी भएको छ ।

    शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलेलाई २-० ले हराएको हो । खेलको १७ औं मिनेटमा बर्नलेका बेन मीले आत्मघाती गोल गरेपछि एभर्टनले अग्रता लिएको थियो ।

    एभर्टनका लागि २० औं मिनेटमा सेमस कोलम्यानले गोल गरे र टोलीलाई विजयी बनाएका थिए । जितपछि एभर्टनको युरोपा लिग फुटबलमा छनोट हुने सम्भावना जीवितै राखेको छ ।

    लिगको एक खेल बाँकी हुँदा अंकतालिकाको ८ औं स्थानमा रहेकोमा ३७ खेलबाट ५३ अंक जोडेको छ ।

    प्रतिकृया दिनुहोस्